Godangel Bani
15 June, 2013
प्रिय आमा बाबा अनि प्रिय युवा नानुहरु,
आजको बानी स्लोक्मा सुनौ अनि अभ्यास गरौ !
एक दिन हामी जानेछौं संसारलाई छोडेर
जो कर्म गरेको छौं त्यसैलाई हातमा लिएर
पाप रोपेको हो भने पापै लिएर जानेछौं
धर्म रोपेको हो भने धर्मै लिएर जानेछौं
मनलाई शुद्ध बनाउँनु , कहिल्यै कुभलो नसोच्नु
हिउँ झै मनलाई सेतै राख्नु , कु विचारलाई नपाल्नु
कु विचार नै दु:खको कारण , कु चिचार नै कलहको कारण
कु विचारले आनन्द खोस्छ , अधर्मी मान्छे बनाउँछ
वृद्धा आँमालाई माया गर्नु , वृद्धा बाबालाई माया गर्नु
अनाथ बालक बालीकाहरुलाई आफ़्नै सम्झि अँगाल्नु
गरीबलाई हेला नगर्नु , दु:खीको घाउलाई नचर्काउँनु
सके सबको सेवा गर्नु नसके दु:ख नथप्नु
अहँकारले पिरोल्दछ , रीसले आफ़ैलाई हानी गर्छ
आरीसले मनै जलाउँछ , दुष्भावले आयु घटाउँछ
जो छ त्यसैमा सन्तोष हुनु , निस्वार्थी भावमा सधैं जीउँनु
असन्तोष विचारले बेचैन मन , लोभले लुट्छ खुशीको क्षण
सधै नम्र बोल्नु , हाँसी खुशी जीउँनु
प्रेमको बोली-सोचसित , बाँकी जीवन जीउँनु
असत्य कहिल्यै नबोल्नु , अधर्म कहिल्यै नगर्नु
गल्त संगतले बिगार्छ , पापले शिकार आफ़्नै गर्छ
पापीको मन नराम्रो हुन्छ , अरुको हित अपच्य हुन्छ
बुझेको हुन्न तर उसले , आफ़्नै झै अरुको आँशु हुन्छ
अधर्मी अरुको चोर्दछ , गरीबको झुपडी फ़ोर्दछ
बिर्सेको हुन्छ तर उसले यमराजले हेर्दैछ
ज्ञानी ध्यानी हुनु , हितकारी सेवक बन्नु
परिवारलाई माया गर्नु , संसारलाई आफ़्नै सम्झिनु
अरुको चित नदुखाउँनु , प्राणीलाई नी माया गर्नु
खराब कर्मलाई त्यागी दिनु , ईश्वरलाई कहिल्यै नविर्सिनु
करुणा स्रोत बनेर सबैलाई माया गरेर
अमर बन्छ यो जीवन राम्रो काम गरेर
शरीर त माटोमा ढलिजान्छ , खरानी पो भईजान्छ
पापले नर्कमा तानेर लान्छ , धर्मले स्वर्गमा उचाल्छ ॥
सेवाङ्मी !
जय प्रेम ।
|
GODANGEL BANEE June 8 2013
प्रिय आमाबाबा प्रिय युवा अनि प्रिय प्रिय नानुहरु सारा मानब अनि प्राणीहरुको कल्याण होस् भनि प्राथना गर्दछु ! आजको गड़यान्जल बाणीमा JOY OF DEATH ध्यानको सवालमा थप केहि डिटेल कुरा प्रस्तुत गर्ने अनुमति चाहन्छु ! स्मरण रहोस सरासर दुई हप्ताको गड्यानजल बाणीमा JOY OF DEATH ध्यानको बिसयमा चर्चा गरिएको थियो ! ------ जोय अफ डेथ ध्यान के हो ? जोय अफ डेथ ध्यानलाई निर्भानिक ध्यान पनि भन्न सकिन्छ कारण यो ध्यानले शान्ति, आनन्द र प्रेमभावकासाथ निर्भाना वा आत्माको सवालमा क्लियरिटी दिदछ ! ----- जोय अफ डेथ ध्यानले के गर्छ ? हाम्रो मनको भित्र प्रवेश गरेर चेतनामा पुग्छौ अनि चेतनाको गहिराई भित्र प्रवेश गर्न सक्यौ भने सुक्ष्म चेतनामा वा आत्मामा पुग्छौ ! MIND, CONSCIOUSNESS, SUPER CONSCIOUSNESS वा SOUL ! यहि आत्मा वा सुक्ष्म चेतनामा पुराउनको लागि "JOY OF DEATH" ध्यानले सबैभन्दा ठुलो भूमिका खेल्दछ ! यो ध्यानले कसरि आत्मा तह सम्म पुराउछ ? आत्मा तहसम्म पुग्नको लागि पहिला चेतनाको गहिराइसम्म पुग्नु पर्नेहुन्छ ! चेतनाको गहिराईसम्म पुग्नको लागि चेतना सम्म पुग्नु आवस्याक छ ! चेतना सम्म पुग्नको लागि मनको गहिराइसम्म पुग्न आवस्याक छ ! मनको गहिराइसम्म पुग्नको लागि मन सम्म पुग्न अवास्याक छ ! अफ कोर्स, हामि मनको लेभलमा त सबै नै छौ तर मनको गहिराई भागमा भने प्रायानै छैनौ ! मनको लेभलमा हुनु राम्रो हो या हैन ? हजुर, मनको लेभलमा हुनु धेरै नै हानिकारक छ ! कारण मन धेरै भागमा भिभाजित जस्हरुमा केहि चाही : भावना, प्रतिक्श्यापना, कल्पना आदि हुन् ! (१) भावाना :- चिन्ता, दुखिपना, रिस, आरिश, EGO (२) प्रतिक्श्यापना : - नकारात्माक सोच, बदलाबको भावना (३) कल्पना :- दोधार्पना, लोभ, यी मनको भ्रम्पना अर्थात् ILLUSION ले गर्दा हामीले जहिले नि दुख पाईरहेका हुनछौ ! सानो कुरा ले चित दुख्ने, सानो कुरामै रिस उठ्ने, नचाहदै नचाहदा पनि चिन्ता गर्ने, अनावश्यक संका गर्ने, लोभ गर्ने आदि कुराहरु हाम्रो मनको हतियारहरु हुन् ! मन आफ्नै भएपनि यसर्थ मनलाई सबैभन्दा ठुलो सत्रु हो भनेर भगवान बुदले पनि भनेको थियो ! समग्रमा यी कुराहरु मनको लेभलमा हुँदा अनुभव गरिने कुराहरु हुन् ! तर जब मनको लेभलबाट मनको गहिराईमा प्रवेश गर्छौ यस्तो नेगेटिभ कुराहरु बिस्तारै हट्न थाल्छन र चेतना लेभलमा प्रवेश गर्न थाल्छौ ! र मनको लेभलबाट मनको गहिराईमा प्रवेश "JOY OF DEATH" ध्यानको पहिलो चरणले पुराउने छ ! तेस्ले गर्दा पहिलो चरणको ध्यान अभ्यासको प्रभावले हामी यो आशा गर्न सक्छौ कि अघि भनिएका नेगेटिभ इमोसनहरुबाट हामी धेरैहदमा मुक्ति हुनेछौ ! "JOY OF DEATH" ध्यानको पहिलो चरणको अरु बिसेस्ता के हुन् ? "JOY OF DEATH" ध्यानको पहिलो चरणले आत्मासम्म पुराउन सबैभन्दा ठुलो फ़ाउनडेसनको भूमिका खेल्दछ ! यो कुरा अघि नै स्पस्ट भएको छ कि -- आत्मा सम्म पुग्नलाई चेतनाको गहिराइसम्म पुग्नु पर्नेहुन्छ, चेतनाको गहिराईसम्म पुग्नको लागि चेतनासम्म पुग्नु आवस्याक छ ! चेतनासम्म पुग्नको लागि मनको गहिराइसम्म पुग्न आवस्याक छ ! "JOY OF DEATH" ध्यानको पहिलो चरणमा के के गरिन्छ ? समय तालिका अघिल्लो हप्ताको गड़यान्जल बानीमा सबै बिस्तृत छ ! तर अरु गरिने कुरा भने : स्वस्प्रस्वसको माध्यामद्वारा मनलाई अब्जर्व गर्दै मनको गहिराइसम्म अर्थात् चेतानालो लेभलसम्म पुराउने पहिलो चरण ध्यानको विशेस भूमिका रहन्छ ! अनि सो चेतना लेभलमा पुग्न स्वासप्रस्वास संग अरु टेक्निकहरु लगाउछौ ! ------ प्रिय आमाबाबा, प्रिय युवा अनि नानुहरु, अर्को हप्ता सम्मको लागी बिदा दिनुहोस जय प्रेम, सबैको कल्याण होस् भनि प्रथना गर्दै, साथमा सधै, गड़यान्जल ! |